• बुधबार ७-१२-२०८३/Wednesday 10-28-2026

गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर–१ स्थित लार्के पास जाने बेला हिउँमा फसेका पूर्वी नवलपरासीका दुई जनाको सकुशल उद्धार

९ चैत, काठमाडौं । गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर–१ स्थित लार्के पास जाने बेला हिउँमा फसेका पूर्वी नवलपरासीका दुई जनाको सकुशल उद्धार भएको छ ।बुधबार साँझदेखि हिउँपहिरोमा फसेका पूर्वी नवलपरासीको दलदले निवासी २६ वर्षीय सौरभ खनाल र उनकी साथी २२ वर्षीया अनिता घले गुरुङलाई बिहीबार बिहान सुरक्षाकर्मीको टोलीले उद्धार गरेको हो ।उनीहरु मंगलबार घुम्न निस्किएका थिए । तर समस्यामा परेको सूचना सुरक्षाकर्मीले बुधबार साँझ मात्र पाएका थिए । तत्कालै उद्धार टोली परिचालन गरिएको थियो ।उनीहरुलाई चुमनुब्री गाउँपालिकाको अप्ठेरो ठाउँमा फेला पारेर उद्धार गरी धर्मशालामा ल्याइएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए । त्यहाँबाट गोरखा सदरमुकाम ल्याउन नेपाली सेनाको हेलिकोप्टर पठाइएको उनले बताए ।‘उनीहरुलाई फेला पार्दासम्म सकुशल रहेको सूचना छ, धर्मशालामा ल्याएर सुप पनि खुवाइएको जानकारी पायौं, त्यसपछि उद्धार टोलीसँग सम्पर्क हुन सकेको छैन,’ प्रजिअ भुसालले भने, ‘अत्यन्त दुर्गम क्षेत्र भएकाले टेलिफोन सम्पर्क पनि हुँदैन ।’प्रजिअ भुसालका अनुसार उनीहरु कसरी त्यस्तो अप्ठ्यारो ठाउँसम्म पुगे भन्ने खुलेको छैन ।

प्रतिकृया दिनुहोस

पाकिस्तानको अशान्त दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आइतबार गरिएको शक्तिशाली विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु र ५० भन्दा बढी घाइते

पाकिस्तानको अशान्त दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आइतबार गरिएको शक्तिशाली

भारतको मध्य प्रदेशमा दुर्घटना : टिपरसँग ठोक्किँदा बसका १३ यात्रुको मृत्यु

भारतको मध्य प्रदेशमा टिपरसँग ठोक्किँदा बसका १३ यात्रुको मृत्यु भएको छ। गुना जिल्लामा भएको घटनामा अन्य १४ यात्रु घाइते भएका छन्। गएराति तीव्र गतिमा

म्याग्दीको मंगलेखानीका किसान आलु र सिमीखेतीमा

 म्याग्दीको रघुगंगा गाउँपालिका–८ मंगलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यावसायिक सिमीखेती गरेका छन्।

↑