आधा आकाश ओगट्ने महिलालाई नसमेटी धर्ती चम्किँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले आधा आकाश ओगट्ने महिलालाई नसमेटीकन चम्किलो धर्तीको कल्पना गर्न नसकिने बताएका छन्।शुक्रबार ललितपुरमा महिला उद्यमी महासंघ, नेपालको आयोजनामा सञ्चालन भएको सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।उनले महिलाहरु आर्थिक हिसावले सशक्त नभई साँचो अर्थमा सशक्तिकरण हुन नसक्ने जिकिर गरे। उनले आजको संसारमा महिला सशक्तिकरणका लागि सबैभन्दा पहिला आर्थिक पहुँचलाई सशक्त बनाउन आवश्यक रहेको बताए।उनले महिलालाई आर्थिक रुपले सबल र सम्पन्न बनाउन नसकेसम्म साँचो अर्थमा महिला सशक्तिकरण हुन नसक्ने बताए। प्रधानमन्त्री दाहालले महिला उद्यमशिलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तिकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्नुपर्ने महासंघको मागलाई आफूले सकारात्मक रुपमा लिएको बताए।उनले महिला उद्यमीहरुलाई विगतमा दिइएको सुविधा पनि गत सालदेखि झिकिएको कुरा सुन्न आएको भन्दै त्यसलाई फेरि जोडिने भन्ने प्रतिबद्धता व्यक्त गरे।प्रधानमन्त्री दाहालले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरुलाई प्रवद्र्धन गर्न, कर छुट लगायतका सुविधा उपलब्ध गराउन पहल लिने विश्वास व्यक्त गरे।
ओली र प्रचण्डले आज एउटै मञ्चबाट सम्बोधन गर्दै
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्। मदन भण्डारी फाउन्डेसनद्वारा आयोजना हुन लागेको जननेता मदन भण्डारीको ७५
१४ वटा परम्परागत व्यापार सीमा नाकाहरू खोल्न चीन तयार छ: उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । जनवादी चीनको साताव्यापी भ्रमण सकेर सोमबार
गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवस मनाइँदै
नेपालमा नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको अन्त्यका महत्वपूर्ण भूमिका निर्वाह गरी २०६२/६३ को आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह

प्रतिकृया दिनुहोस