घटनास्थलमा आएर पीडितहरुलाई गुन्डागर्दी शैलीमा अभद्र व्यबहार गर्ने को थिए ?
गत बिहीवार साँझ बिर्तामोड– ३ बिर्ताबजारमा बालिकालाई मे १ क ६४३ न.को टिपरले ठक्कर दिएपछि स्थिति तनावग्रस्त बन्यो । करिव सयजना सुरक्षाकर्मीहरुको उपस्थितिका बावजुद आक्रोशित भीडले टिपरमा आगजनी नै गरेको थियो ।बिहीवार हटियाको दिन भएकाले दुर्घटनापछि अत्यधिक भीड बढ्यो । दुर्घटनापछि बाउन्सरजस्ता देखिने केही व्यक्तिहरुले गुन्डागर्दी शैलीमा पीडितहरुमाथि अभद्र व्यवहार गरेपछि भीड अझ उद्वेलित भएको हो ।आखिर पीडित पक्षलाई आक्रोशित बनाउँदै अराजकता निम्त्याउनका लागि ती बाउन्सर कसले पठायो ? दुर्घटनापछि प्रहरी चौकी बिर्ताबजारका प्रहरी सहायक निरीक्षक नरबहादुर गौतमले टिपर चालक बुद्धशान्ति १ बस्ने ५३ वर्षीय श्यामप्रसाद दाहाललाई उद्धार गरी इलाका प्रहरी कार्यालय बिर्तामोड लगिसकेपछि ती बाउन्सर आएका थिए ।सो टिपर हल्दिवारी २ बस्ने ५० वर्षीय जगतबहादुर बस्नेतको हो । उनैले हिजोको सहमतिमा हस्ताक्षर गरेका छन् । दुर्घटनापछि टिपर धनी बस्नेतले नै थर्काउन बाउन्सर पठाएको आशंका गरिएको छ ।हिजो इलाका प्रहरी कार्यालय बिर्तामोडमा भएको छलफलमा दुर्घटनापछि घटनास्थलमा आएर पीडितहरुलाई गुन्डागर्दी शैलीमा अभद्र व्यबहार गर्नेलाई पहिचान गरि कानुन बमोजिम कारबाही गर्ने सहमति भएको छ । सीसीटीभी क्यामेराको सहयोगमा उनीहरुको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।एक स्थानीयका अनुसार ती बाउन्सरले आएर गुन्डागर्दी नगरेको भएर टिपरमा आगजनी हुँदैनथ्यो । साम्य बनिसकेको अबस्थामा पछि विवाद बढेकै कारण स्थिति भड्किएको बिर्तामोड ३ का वडा सदस्य हरि बास्कोटाले बताए ।बिहीवार साँझ ७ बजे बिर्तामोड ३ बिर्ताबजारको हटियालाईन –अधुवाखोला पुलस्थित भित्री सडकखण्डमा रामचौकबाट भद्रपुरतर्फ आउँदै गरेको मिक्स गिट्टी लोड भएको मे १ क ६४३ न.को टिपरले पैदल यात्री सोही ठाउँ बस्ने किशोरचन्द्र चापागाँईकी छोरी १० वर्षीया अनुकृति चापागाँईलाई ठक्कर दिएको थियो । घाइते बालिकालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा पुर्याउनसाथ मृत्यु भएको थियो ।इलाका प्रहरी कार्यालय बिर्तामोडमा हिजो पीडित पक्ष र टिपर धनीबीच भएको छलफलमा टिपर चालकलाई सवारी ज्यान कसूरमा लापरबाही गरी सवारी चलाएकाले हदैसम्मको कारबाही गर्ने / गराउने कार्यमा सहयोग गर्नेलगायतका तीन बुँदे सहमति भएको छ ।
आइसिसी विश्वकप क्रिकेट लिग -टु अन्तर्गत आज नेपालले घरेलु टोली नेदरल्यान्डससँग खेल्दै
आइसिसी विश्वकप क्रिकेट लिग -टु अन्तर्गत आज नेपालले घरेलु टोली नेदरल्यान्डससँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।जारी सिरिज
अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै इजिप्टलाई ३-२ ले पराजित
फिफा विश्वकप २०२६ को अन्तिम १६ मा अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै इजिप्टलाई ३-२ ले पराजित गरेको छ। एटलान्टा स्टेडियममा भएको रोमाञ्चक खेलमा
झापाको मेचीनगरमा भएको आगलागीबाट दुईवटा घर जल्दा १६ लाख बराबरको क्षति
झापाको मेचीनगरमा भएको आगलागीबाट दुईवटा घर जल्दा १६ लाख बराबरको क्षति भएको छ ।गए राति १ बजे मेचीनगर ३ भावना चोक बस्ने पूर्णचन्द्र रिजालको ईटा र काठबाट

प्रतिकृया दिनुहोस