• बिहीबार ७-१३-२०८३/Thursday 10-29-2026

इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

इरानले आज बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक सुरुवात गरेको छ ।सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टिअघि ६ दिनसम्म सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम सञ्चालन गरिनेछ । यस अवधिमा इराकमा पनि शोक र्यालीहरू आयोजना गरिने कार्यक्रम छ ।घटनास्थलमा रहेका एएफपीका पत्रकारका अनुसार खामेनीको शव राखिएको बाकस समारोहस्थलमा ल्याइनुअघि नै हजारौँ शोकाकुल नागरिक तेहरानस्थित ग्रान्ड मोसाल्लाको प्राङ्गणमा भेला भएका थिए ।उनीहरूले अमेरिका विरुद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए । 

प्रतिकृया दिनुहोस

इरान–स्विडेन सम्बन्धमा तनाव, एक–अर्काका कूटनीतिज्ञ निष्कासित

स्टकहोमस्थित इरानी दूतावासका एक कर्मचारीलाई स्विडेनले निष्कासन गरेपछि इरानले तेहरानस्थित एक स्विडेनी कूटनीतिज्ञलाई ४८ घण्टाभित्र देश छाड्न आदेश

कतार बैठक बस्ने कुनै तालिका तय नभएको इरानद्वारा स्पष्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग वार्ताका लागि प्रस्ताव गरेको र कतारको दोहामा आजै बैठक बस्न लागेको दाबी गरेका छन्। गत हप्ता

साउदी अरबमा हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु

साउदी अरबमा एक हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले आइतबार जानकारी दिएका छन्। साउदी प्रेस एजेन्सीका

↑