प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीलाई आगामी दिनमा हुनसक्ने सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएको छ । ७१औँ प्रहरी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले सधैँ अग्रभागमा खटिएर जनताको सेवा गर्ने प्रहरीलाई सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको उल्लेख गरे । उनले प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारणको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सरकारले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना बनाएको समेत जानकारी दिए । प्रधानमन्त्री शाहले कर्तव्य पालनाको सिलसिलमा हालैको भोटेकोसी–त्रिशूलीको विपद् तथा विभिन्न कालखण्डमा अमरत्व प्राप्त गरेका प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । उनले कर्तव्य निर्वाहका सिलसिलामा घाइते र अशक्त भएका प्रहरीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे । पछिल्लो समय बढ्दै गएको वित्तीय र साइबर अपराध रोकथाम र नियन्त्रणमा सरकार गम्भीर रहेको प्रधानमन्त्रीको भनाइ छ । यसका लागि नेपाल प्रहरीको सहकार्यमा राष्ट्र बैंक, इन्टरनेट र टेलिकम सेवा प्रदायक तथा डिजिटल वालेटलाई एक ठाउँमा ल्याई नागरिकका गुनासा थप प्रभावकारी ढंगले सम्बोधन गर्ने व्यवस्था भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले एआई, ‘एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट’ र ‘इन्टिग्रेटेड एन्टिस्काम सेन्टर’ स्थापनाको तयारी भइरहेको पनि बताए ।
मधेश सरकारबाट बाहिरियो एमाले, चारै मन्त्रीले दिए राजीनामा
नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएकाे छ। समर्थन फिर्ता लिँदै एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार राजीनामा दिएका छन्।एमालेका
जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई गृहमन्त्री सुधन गुरुङ को निर्देशन
गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रबार ७१औँ प्रहरी दिवसको अवसरमा आयोजित
क्षति पुगेको खुलामञ्चको संरचनाको मर्मतनेपाली कांग्रेसले गर्ने
नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको मर्मत आफैँले गर्ने भएको छ । सार्वजनिक पूर्वाधार र वातावरणीय

प्रतिकृया दिनुहोस