• बुधबार ७-१२-२०८३/Wednesday 10-28-2026

गीतकार टीका भट्टराई नेपालको तेस्रो कृति " मनका रङ्गहरु" गीति सङ्ग्रह र म्युजिक भिडियो " सन्तानको माया" को  विर्तामोड मा सार्वजनिक

कनकाई नगरपालिका वार्ड नं. ३, सुरुङ्गा निवासी युवा सर्जक गीतकार टीका भट्टराई नेपालको तेस्रो कृति " मनका रङ्गहरु" गीति सङ्ग्रह र उनकै शब्द, नरेन्द्र प्यासीको संगीत र यशोदा पराजुलीको स्वर तथा प्रसिद्ध नायिका गौरी मल्ल लगायतका कलाकारहरुको सशक्त अभिनय रहेको म्युजिक भिडियो " सन्तानको माया" को  विर्तामोड मा सार्वजनिक गरिएको छ।
 
नेपाल टेलिभिजनका पूर्व नायव महाप्रवन्धक तथा कलाकार लय सङ्ग्रौलाको प्रमुख आतिथ्य, कलाकार उत्तम केसी" चुईँचुईँ पारेर", प्राज्ञ सभासदस्य सुभद्र भट्टराई अर्याल र पवन राजवंशी, कञ्चनजङ्घा एफ. एम. विर्तामोडका प्रवन्ध निर्देशक चन्द्र भण्डारी र साहित्य चौतारी विर्तामोडका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठको विशिष्ट आतिथ्यमा सम्पन्न कृति सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले संयुक्त रुपमा " मनका रङ्गहरु" गीति सङ्ग्रह सार्वजनिक गरेका थिए भने प्रमुख अतिथि सङ्ग्रौलाले  ल्यापटपको स्विच अन गरेर " सन्तानको माया"  गीति एल्वम पर्दा मार्फत् सार्वजनिक गरेका थिए।
 
 विमोचित कृति " मनका रङ्गहरु" गीति सङ्ग्रहको समीक्षा  कवि,गजलकार  विवश बलिभद्र कोईरालाले गरेका थिए।"मनका रङहरु"  गीति सङ्ग्रहको चर्चा गर्दै उनले यश कृतिमा देशभक्ति भावना, श्रृङ्गारिक र प्रकृति प्रेमका गीतहरु रहेको र गीतका शब्दहरु सर्व साधारण स्रोताहरुले सजिलै बुझ्न सक्ने र टिप्न सक्ने रहेको बताएका थिए।

 कृतिकार भट्टराईको परिचय  साहित्य चौतारी विर्तामोडकी सचिव स्रष्टा खगिन्द्रा खुसीले गराएकी थिईन्।  यस अघि उनका दुईवटा कृतिहरु "आमाको माया"  शोककाव्य र "प्रीतिपुष्प "गीति सङ्ग्रह  प्रकाशित भैसकेका र प्रीतिपुष्प नामक गीति एल्बम पनि सार्वजनिक भैसकेका छन्। १०६ वटा गीत सङ्ग्रहित यस गीति सङ्ग्रबाट तीनवटा गीतमा  प्रमोद खरेल,निसान भट्टराई र नरेन्द्र प्यासीले स्वर दिएका छन्।

 आज सार्वजनिक भएको " मनका रङ्गहरु" गीति सङ्ग्रमा सङ्ग्रहित ११० वटा गीतहरुमध्ये " सन्तानको माया"  बोलको गीति एल्वम भने आज सार्वजनिक गरिएको हो।  कार्यक्रममा प्रमुख अतिथि लय सङ्ग्रौला, विशिष्ट अतिथिहरु प्राज्ञ सभासदस्य सुभद्रा भट्टराई अर्याल, अग्रज सञ्चारकर्मी चन्द्र भण्डारी  र आयोजक संस्था नारायण गोपाल स्मृति प्रतिष्ठानका सल्लाहकार सदस्य गणेश ओलीले मन्तव्य राख्तै स्रष्टा टीका भट्टराई नेपालको कृतित्व र व्यक्तित्वका वारेमा प्रकाश पार्दै स्रष्टा भट्टराईलाई शुभकामना तथा वधाई ज्ञापन गरेका थिए। प्रतिष्ठानका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कञ्चनजङ्घा एफ. एम . का  केशव भट्टराईले गरेका थिए। 

प्रतिकृया दिनुहोस

आज फेब्रुअरी-१४ अर्थात् विश्वभर प्रेम र स्नेह साटासाट गर्ने दिनका रूपमा मनाइने ‘भ्यालेन्टाइन डे’ नेपालमा पनि उत्साहका साथ मनाइँदै

आज फेब्रुअरी-१४ अर्थात् विश्वभर प्रेम र स्नेह साटासाट गर्ने दिनका रूपमा मनाइने ‘भ्यालेन्टाइन डे’ नेपालमा पनि उत्साहका साथ मनाइँदै छ । पछिल्लो समय

पल शाहले आजै प्रहरीमा आत्मसर्मपण गर्ने

  नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी

डियर कल्याण साहित्य प्रतिष्ठानको मेहफिल मा तीन गजलकारको भब्य प्रस्तुती

डियर कल्याण साहित्य प्रतिष्ठानको मेहफिल मा तीन गजलकारको भब्य प्रस्तुती  यहि फागुन सात गते प्रजातन्त्र दिवसका दिन इटहरिको गोर्खा डिपार्टमेन्टको

↑