आज फेब्रुअरी-१४ अर्थात् विश्वभर प्रेम र स्नेह साटासाट गर्ने दिनका रूपमा मनाइने ‘भ्यालेन्टाइन डे’ नेपालमा पनि उत्साहका साथ मनाइँदै
आज फेब्रुअरी-१४ अर्थात् विश्वभर प्रेम र स्नेह साटासाट गर्ने दिनका रूपमा मनाइने ‘भ्यालेन्टाइन डे’ नेपालमा पनि उत्साहका साथ मनाइँदै छ । पछिल्लो समय यो दिवस केवल एक दिनमा सीमित नरही सामाजिक तथा सांस्कृतिक रूपमा स्थापित पर्वकै रूपमा विकसित हुँदै गएको छ ।विशेषगरी युवायुवतीबिच लोकप्रिय बनेको यस दिन प्रेमीप्रेमिकाले एकअर्कालाई फूल, कार्ड, चकलेटलगायत उपहार आदानप्रदान गर्ने तथा आफ्ना भावना अभिव्यक्त गर्ने चलन बढ्दो छ । सामाजिक सञ्जालको प्रभावसँगै भ्यालेन्टाइन डे मनाउने शैली पनि आधुनिक र आकर्षक बन्दै गएको देखिन्छ ।‘भ्यालेन्टाइन डे’ मनाउने परम्परा तेस्रो शताब्दीका सन्त भ्यालेन्टाइनसँग जोडिएको विश्वास गरिन्छ । रोमन शासक क्लोडियसले सैनिकलाई विवाह गर्न रोक लगाएपछि सन्त भ्यालेन्टाइनले त्यसको विरोध गर्दै गुप्त रूपमा विवाह गराइदिएका थिए । यही कारण उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । उनको बलिदान र प्रेमप्रतिको समर्पणको सम्झनामा यो दिवस मनाउने परम्परा सुरु भएको मानिन्छ ।नेपालमा पनि भ्यालेन्टाइन डे अघि एक सातासम्म विभिन्न ‘डे’ हरू मनाउने चलन बढ्दै गएको छ। फेब्रुअरी ७ देखि सुरु हुने यस सप्ताहमा ‘रोज डे’, ‘प्रपोज डे’, ‘चकलेट डे’, ‘टेडी डे’, ‘प्रमिस डे’, ‘किस डे’ र हग डे हुँदै अन्ततः ‘भ्यालेन्टाइन डे’ मनाइन्छ ।
पल शाहले आजै प्रहरीमा आत्मसर्मपण गर्ने
नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी
डियर कल्याण साहित्य प्रतिष्ठानको मेहफिल मा तीन गजलकारको भब्य प्रस्तुती
डियर कल्याण साहित्य प्रतिष्ठानको मेहफिल मा तीन गजलकारको भब्य प्रस्तुती यहि फागुन सात गते प्रजातन्त्र दिवसका दिन इटहरिको गोर्खा डिपार्टमेन्टको
गीतकार टीका भट्टराई नेपालको तेस्रो कृति " मनका रङ्गहरु" गीति सङ्ग्रह र म्युजिक भिडियो " सन्तानको माया" को विर्तामोड मा सार्वजनिक
कनकाई नगरपालिका वार्ड नं. ३, सुरुङ्गा निवासी युवा सर्जक गीतकार टीका भट्टराई नेपालको तेस्रो कृति " मनका रङ्गहरु" गीति सङ्ग्रह र उनकै शब्द, नरेन्द्र

प्रतिकृया दिनुहोस