• बिहीबार ७-१३-२०८३/Thursday 10-29-2026

सोर्सफाेर्स लगाउने खोज्नेको मूल्याङ्कनमा ०.५ नम्बर घटाउने शिक्षामन्त्रीकाे चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सोर्सफाेर्स लगाएर अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवा खोज्नेको मूल्याङ्कनमा ०.५ नम्बर घटाउने चेतावनी दिएकी छन्। आफ्नो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै साइनो लगाएर कुनै किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाका लागि ‘सोर्स फोर्स’ लगाउन खोज्नेको मूल्याङ्कनमा नम्बर घटाउने श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत बताएकी हुन्  । ‘सोर्स फोर्स’ वा बार्गेनिङको गन्ध मात्र पनि थाहा पाएको खण्डमा उजुरी गर्न समेत सबैमा अनुरोध गरेकी छन्। उजुरीहरूमाथि अनुसन्धान गरेर तत्काल कारबाही गर्ने उनको भनाइ छ।उनले भनेकी छन्, 'शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा मेरो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोज्छ भने उसको मूल्याङ्कनमा ०.५ नम्बर घटाइनेछ। ‘उनले आफूलाई परिणाम चाहिएको भन्दै  प्रचारको पछि नलाग्ने पनि बताएकी छन् ।000000

प्रतिकृया दिनुहोस

ओली र प्रचण्डले आज एउटै मञ्चबाट सम्बोधन गर्दै

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्।  मदन भण्डारी फाउन्डेसनद्वारा आयोजना हुन लागेको जननेता मदन भण्डारीको ७५

१४ वटा परम्परागत व्यापार सीमा नाकाहरू खोल्न चीन तयार छ: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण उपलब्धिमूलक भएको बताएका छन् ।  जनवादी चीनको साताव्यापी भ्रमण सकेर सोमबार

आधा आकाश ओगट्ने महिलालाई नसमेटी धर्ती चम्किँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आधा आकाश ओगट्ने महिलालाई नसमेटीकन चम्किलो धर्तीको कल्पना गर्न नसकिने बताएका छन्।शुक्रबार ललितपुरमा महिला उद्यमी

↑