• बुधबार ७-१२-२०८३/Wednesday 10-28-2026

किशोरीको हत्या गरी शिवपुरी जंगलमा शव गाड्ने युवक पक्राउ

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा सुस्मा लामाको हत्या गरी शव गाडिएको अवस्थामा छोडेको आरोपमा  प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गत माघ २२ गते कलेज जान भनेर हिँडेकी काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभिरकी १८ वर्षीया सुस्मा लामा बेपत्ता थिइन् । उनको शव फागुन २४ गते साँझ शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा फेला परेको थियो भने फागुन २५ गते उत्खनन् गरी सनाखत भएको थियो ।प्रहरीले हत्यामा संलग्न गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभिरका २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा आरोपी व्यक्तिलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरी अधिकारीकाअनुसार निज हत्या आरोपी व्यक्तिले सुस्मा लामालाई विगत ८ महिनादेखि एकोहोरो मन पराएको र पटक–पटक प्रेम प्रस्ताव राख्दा पनि स्वीकार नगरिएपछि आफूले हत्या गरेको बताएका छन् ।प्रहरीका अनुसार माघ २२ गते कलेज जान भनी निस्किएकी लामा सम्पर्कमा आइनन् । माघ २३ गते फेसबुकमा विवाह गरेको फोटो पोस्ट गरिन् र आफू ३ दिनमा आउँछु भनेर पोस्ट गरिन् । परिवारले माघ २५ गते प्रहरी वृत्त बौद्धमा मानिस हराएको भनेर रिपोर्ट गरेसँगै प्रहरीले खोजतलास तथा अनुसन्धान सुरु गरेको थियो ।एक महिनापछि फागुन २४ गते साँझ हातमात्र देखिएको अवस्थामा तारेभिरमै शव गाडिएको अवस्थामा फेला परेको र २५ गते उत्खनन् भएको जनाइएको छ ।हात पेटीले कसेको र घाँटीमा टाईले कसेको सडे गलेको अवस्थामा रहेको शव आमाले सनाखत गरेकी थिइन् । अभियुक्तको कोठाबाट खाल्डो खन्न प्रयोग भएको कुटो, मृतकको मोबाइल र किताब-कापीसमेत बरामद भएको छ ।
 

प्रतिकृया दिनुहोस

ओली र प्रचण्डले आज एउटै मञ्चबाट सम्बोधन गर्दै

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्।  मदन भण्डारी फाउन्डेसनद्वारा आयोजना हुन लागेको जननेता मदन भण्डारीको ७५

१४ वटा परम्परागत व्यापार सीमा नाकाहरू खोल्न चीन तयार छ: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण उपलब्धिमूलक भएको बताएका छन् ।  जनवादी चीनको साताव्यापी भ्रमण सकेर सोमबार

आधा आकाश ओगट्ने महिलालाई नसमेटी धर्ती चम्किँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आधा आकाश ओगट्ने महिलालाई नसमेटीकन चम्किलो धर्तीको कल्पना गर्न नसकिने बताएका छन्।शुक्रबार ललितपुरमा महिला उद्यमी

↑