• बिहीबार ७-१३-२०८३/Thursday 10-29-2026

ओली र प्रचण्डले आज एउटै मञ्चबाट सम्बोधन गर्दै

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्।  मदन भण्डारी फाउन्डेसनद्वारा आयोजना हुन लागेको जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आज  राष्ट्रिय सभामा आयोजना हुने ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक कार्यक्रममा लामो समयपछि ओली र प्रचण्ड एकै मञ्चबाट सम्बोधन गर्ने भएका हुन्। फाउन्डेसनका कार्यवहाक सचिव भेषराज अधिकारीका अनुसार उक्त कार्यक्रममा नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्नेछन्। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले उक्त कार्यक्रममा अध्यक्ष ओली जाने  जानकारी दिए। यसैगरी, संयोजक प्रचण्डका सहयोगी गोविन्द आचार्यका अनुसार कार्यक्रममा उनि जाने समय तय भएको छ।पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता रहने उक्त कार्यक्रममा ‘श्वेतशार्दूल मदन भण्डारीको जीवन’ का लेखक रमेश रुछेन राईलाई पुरस्कार तथा सम्मनपत्र प्रदान गर्ने कार्यक्रम पनि रहेको छ। यो कार्यक्रमा दिउँसो १ बजे सुरु हुने आयोजकले जनाएको छ। 

प्रतिकृया दिनुहोस

१४ वटा परम्परागत व्यापार सीमा नाकाहरू खोल्न चीन तयार छ: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण उपलब्धिमूलक भएको बताएका छन् ।  जनवादी चीनको साताव्यापी भ्रमण सकेर सोमबार

आधा आकाश ओगट्ने महिलालाई नसमेटी धर्ती चम्किँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आधा आकाश ओगट्ने महिलालाई नसमेटीकन चम्किलो धर्तीको कल्पना गर्न नसकिने बताएका छन्।शुक्रबार ललितपुरमा महिला उद्यमी

गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवस मनाइँदै

नेपालमा नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको अन्त्यका महत्वपूर्ण भूमिका निर्वाह गरी २०६२/६३ को आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह

↑