• बुधबार ७-१२-२०८३/Wednesday 10-28-2026

हालान्डको निर्णायक गोलमा नर्वे अन्तिम १६ मा, अब ब्राजिलसँग भिड्ने

एर्लिङ हालान्डले खेलको अन्त्यतिर निर्णायक गोल गरेपछि नर्वे‌ आइभरी कोस्टलाई २-१ ले हराउँदै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ।अब नर्वेले जुलाई ५ मा ब्राजिलसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। आइभरी कोस्टका लागि अमाद डियालोले ७४औँ मिनेटमा बराबरी गोल गरे। त्यसअघि नर्वेका लागि एन्टोनियो नुसाले ३९औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाए ।  हालान्डले ८६औँ मिनेटमा विजयी गोल गरे। यो जितसँगै नर्वे सन् १९९८ पछि पहिलो पटक विश्वकपको अन्तिम १६ मा पुगेको हो।हालान्डको जारी विश्वकपमा पाँचौँ तथा नर्वेका लागि समग्रमा ६०औँ अन्तर्राष्ट्रिय गोल पनि हो। समूह चरणको सुरुवाती २ खेलमा समान २ गोल गरेका हालान्ड फ्रान्सविरुद्ध भने खेलेनन् ।जारी विश्वकपमा सर्वाधिक गोलकर्तामा अर्जेन्टिनाका लियोनेल मेस्सी (६ गोल) पछि हालान्ड दोस्रो स्थानमा छन्। खेलको सुरुआतमा आइभरी कोस्टले राम्रो दबाब बनायो। घिस्लेन कोनान र निकोलास पेपेले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन्।त्यसको फाइदा उठाउँदै नर्वेले ३९औँ मिनेटमा अग्रता लियो। बायाँतर्फबाट बल अघि बढाएका एन्टोनियो नुसाले आकर्षक प्रहार गर्दै टोलीलाई १-० को अग्रता दिलाए।दोस्रो हाफमा आइभरी कोस्टले आक्रामक खेल प्रस्तुत गर्‍यो। प्रशिक्षक एमेर्से फाएले मैदानमा उतारेका अमाद डियालोले ७४औँ मिनेटमा दुई डिफेन्डरलाई छक्याउँदै गोल गर्दैै खेल १–१ को बराबरीमा ल्याए।तर खेल सकिन ४ मिनेट बाँकी रहँदा प्याट्रिक बर्गको लो क्रसमा एर्लिङ हालान्डले नजिकैबाट गोल गर्दै नर्वेलाई २-१ को जित दिलाए। इन्जुरी समयमा डियालोले उत्कृष्ट फ्रिकिक प्रहार गरे पनि नर्वेका गोलरक्षक ओर्जान न्युलान्डले बचाउ गर्दै टोलीको जित सुरक्षित राखे।आइभरी कोस्टका प्रशिक्षक एमेर्से फाएले आफ्नो टोलीले उत्कृष्ट प्रयास गरे पनि अन्तिम समयमा गोल खाँदा हार बेहोर्नुपरेको बताए। उनका अनुसार खेलाडीहरूले धेरै सिकेका छन् र आगामी प्रतियोगितामा अझ बलियो रूपमा फर्किनेछन्।सोही टोलीका मिडफिल्डर फ्रान्क केसीले खेल बराबरीको रहे पनि सानो गल्तीका कारण टोली विश्वकपबाट बाहिरिएको बताए।

प्रतिकृया दिनुहोस

फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इङ्ग्ल्यान्ड र डीआर कङ्गो खेल्दै

फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इङ्ग्ल्यान्ड र डीआर कङ्गो खेल्दैछन् । यो खेल राति पौने १० बजे अमेरिकाको एटलान्टा रङ्गशालामा शुरू हुनेछ

एम्बाप्पेको २ गोलमा फ्रान्स अन्तिम १६ मा

किलियन एम्बाप्पेको २ गोलको मद्दतमा फ्रान्स स्विडेनलाई ३-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ।न्युयोर्क न्यु जर्सी

सहआयोजक क्यानडा फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश

सहआयोजक क्यानडा फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० ले

↑