फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इङ्ग्ल्यान्ड र डीआर कङ्गो खेल्दै
फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इङ्ग्ल्यान्ड र डीआर कङ्गो खेल्दैछन् । यो खेल राति पौने १० बजे अमेरिकाको एटलान्टा रङ्गशालामा शुरू हुनेछ ।इङ्ग्ल्यान्ड समूह ‘एल’ को विजेता र कङ्गो समूह ‘के’ बाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउट पुगेका हुन् । ५ दशकपछि विश्वकपमा फर्किएको कङ्गो पहिलो पटक नकआउटमा पुगेको हो । इङ्ग्ल्यान्ड सन् १९६६ को विश्वकपको विजेता हो ।फुटबल इतिहासमा इङ्ग्ल्यान्ड र कङ्गोबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने २ बजे बेल्जियम र सेनेगल खेल्दैछन् । यो खेल अमेरिकाको सिएटल रङ्गशालामा हुनेछ ।बेल्जियम समूह ‘जी’ को विजेता र सेनेगल समूह ‘आई’ बाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन् । फुटबल इतिहासमा बेल्जियम र सेनेगलबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने ६ बजे अमेरिका र बोस्निया एन्ड हर्जगोभिना खेल्दैछन् । यो खेल अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा हुनेछ ।अमेरिका समूह ‘डी’ को विजेता र बोस्निया समूह ‘बी’ बाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन् । अमेरिका र बोस्नियाबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । यी दुई टोलीबीच ३ वटा मैत्रीपूर्ण खेल भएकोमा अमेरिकाले २ खेल जितेको छ भने १ खेल बराबरीमा सकिएको छ ।यो विश्वकपमा नकआउट चरणका खेलमा अप्रत्याशित नतिजा आइरहेको छ । पाराग्वेले ४ पटकको विजेता जर्मनीलाई, मोरक्कोले नेदरल्यान्ड्सलाई हराएसँगै खेलको रोमाञ्चकता बढेको छ ।
एम्बाप्पेको २ गोलमा फ्रान्स अन्तिम १६ मा
किलियन एम्बाप्पेको २ गोलको मद्दतमा फ्रान्स स्विडेनलाई ३-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ।न्युयोर्क न्यु जर्सी
हालान्डको निर्णायक गोलमा नर्वे अन्तिम १६ मा, अब ब्राजिलसँग भिड्ने
एर्लिङ हालान्डले खेलको अन्त्यतिर निर्णायक गोल गरेपछि नर्वे आइभरी कोस्टलाई २-१ ले हराउँदै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ।अब नर्वेले
सहआयोजक क्यानडा फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश
सहआयोजक क्यानडा फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० ले

प्रतिकृया दिनुहोस