• बुधबार ७-१२-२०८३/Wednesday 10-28-2026

नेपाल आइडल सिजन २ को विजेता बने रवि ओड

   बिर्तामोड II नेपाल आइडल सिजन २ को विजेता रवि ओड बनेका छन्। शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा कैलालीका रवि ओड नेपाल आइडल सिजन २ का विजेता बनेका हुन्।  एपी वान एचडी टिभीबाट प्रशारण भएको सांगीतिक रियालिटी शो नेपाल आइडल सिजन २ को विजेता रविले होन्डा गाडी र नगद २२ लाख रुपैयाँ प्राप्त गरकेा छन्। रविले आफ्नो जीत सबै प्रतियोगी र उपस्थित दर्शक तथा संगीतप्रेमीको भएको बताए। ललितपुरको पुल्चोकमा भएको ग्रान्ड फिनालेमा विक्रम बराल दोस्रो बने। उनले २० लाख रुपैयाँ प्राप्त गरेका छन्। नेपाल आइडलका फिनालेमा प्रवेश गरेका चारै जनाले विश्वका विभिन्न देशमा हुने सांगीतिक शोमा सहभागी हुन पाउने बताइएको छ। सेकेन्ड रनरअप सुमित पाठक बने। झापाका सुमितले १२ लाख रुपैयाँ बराबरको चेक प्राप्त गरेका थिए। उनले पनि विश्वभर हुने सांगीतिक कार्यक्रममा सहभागिता जनाउने अवसर पाउनेछन्। नेपाल आइडलको फाइनलिस्टमा पुग्ने एक मात्र महिला प्रतिस्पर्धी अस्मिता अधिकारी चौथो स्थानमा चित्त बुझाउन बाध्य भइन्। उनले स्कुटर प्राप्त गरेकी छन्। त्यसैगरी उनले अन्य प्रतियोगीसँगै विदेशमा सांगीतिक शो गर्न पाउनेछन्।
 

प्रतिकृया दिनुहोस

 झापामा एडभान्स टेक्नोलोजिको पहिलो क्यान्सर हस्पिटल निर्माणको अन्तिम चरणमा

बिर्तामोड स्थित बीएन्डसी टिचिङ हस्पिटल  नेपालमै क्यान्सर सम्बन्धि एडभान्स टेक्नोलोजिको पहिलो क्यान्सर हस्पिटल हुने भएको छ। वुधवार हस्पिटलमा

क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब पाउने

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन्।  साधारणसभा

गुगल विजनेस ग्रुपले ‘जीबीजीबीज फेस्ट’ आयोजना गर्दै

   गुगल विजनेस ग्रुप काठमाडौंले ‘जीबीजीबीज फेस्ट’ आयोजना गर्ने भएको छ । शनिबार आयोजना हुन लागेको उक्त मेला नेपालमै पहिलो र सबैभन्दा प्रविधि र

↑