गुगल विजनेस ग्रुपले ‘जीबीजीबीज फेस्ट’ आयोजना गर्दै
गुगल विजनेस ग्रुप काठमाडौंले ‘जीबीजीबीज फेस्ट’ आयोजना गर्ने भएको छ । शनिबार आयोजना हुन लागेको उक्त मेला नेपालमै पहिलो र सबैभन्दा प्रविधि र व्यबसाय सम्बन्धि प्रदर्शनी दाबी गरेको छ ।खल्ती डिजिटल वालेटसँगको मुख्य सहकार्यमा गर्न लागिएको मेलाको उद्देश्य देशभरबाट नया उद्यमीहरु र स्टार्ट अप संस्थापकलाई एउटै ठाउमा ल्याउने र प्रबद्र्धन गर्ने रहेको छ ।
मेलामा देशभरका सयभन्दा बढी स्टार्टअपहरू र एप डेभलपरहरुले आफ्नो उत्पादन र सेवाहरुको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । साथै, कार्यक्रममा गुगलका प्रविधिमा चासो राख्ने र स्टार्ट अप गर्न इच्छुक तीनहजार बढी अवलोकनकर्ताको सहभागिता रहने आयोजकको विश्वास छ ।
कार्यक्रममा विज्ञहरुले गुगलका नयाँ नयाँप्रविधि सम्बन्धि कार्यशाला प्रस्तुत गर्ने छन् ।
साथै, प्रदर्शनीमा’ गुगलमाई बिजनेस’ लक्षित एउटा विशेष स्टल रहने छ । प्रदर्शनीमा सहभागि स्टार्टअपहरूले उक्त स्टल मार्फत आफूलाई गुगलको व्यापार निर्देशिका(गुगलबिजनेस डाइरेक्टरी) मा सूचीबद्ध गर्न सक्नेछन् ।प्रकाशित : पुस १९, २०७५ १४:२५
झापामा एडभान्स टेक्नोलोजिको पहिलो क्यान्सर हस्पिटल निर्माणको अन्तिम चरणमा
बिर्तामोड स्थित बीएन्डसी टिचिङ हस्पिटल नेपालमै क्यान्सर सम्बन्धि एडभान्स टेक्नोलोजिको पहिलो क्यान्सर हस्पिटल हुने भएको छ। वुधवार हस्पिटलमा
क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब पाउने
राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन्। साधारणसभा
नेपाल आइडल सिजन २ को विजेता बने रवि ओड
बिर्तामोड II नेपाल आइडल सिजन २ को विजेता रवि ओड बनेका छन्। शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा कैलालीका रवि ओड नेपाल आइडल सिजन २ का विजेता बनेका

प्रतिकृया दिनुहोस