• बिहीबार ७-१३-२०८३/Thursday 10-29-2026

क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब पाउने

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन्।  साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर  नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो। त्यसपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो। राखेपका सदस्य सचिव केशवकुमार विष्टले परिषदको पहलमा आइसिसीले राखेपमार्फत दुई वर्ष (सन् २०१७ र २०१८)को खेलाडीले वर्गीकरणअनुसार पाउने तलब उपलब्ध गराउने सहमति भएको  बताए। उनले भने, 'हामीले आइसिसीसँग पहल गर्‍यौँ, ऊ पनि पैसा दिन सहमत भयो, अहिले हामीले खेलाडीसँग सम्झौता गरेर आइसिसीमा पठाएका छौँ, वर्गीकरणभित्र परेका खेलाडीले केही साताभित्र तलब बापतको पैसा पाउनेछन्। खेलाडी तथा परिषद्को आग्रहपछि आइसिसी तलब दिनका लागि राजी भएको हो। यसका लागि आइसिसीले तलब दिने खेलाडीलाई ए, बी र सी गरी तीन तहमा वर्गीकरणसमेत गरेको छ । ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक ३५,हजार ‘बी’ श्रेणीका खेलाडीले मासिक  २५ हजार र सी श्रेणीका खेलाडीले मासिक १५ हजारका दरले पछिल्लो दुई वर्षको तलब पाउनेछन्। त्यसमध्ये ‘ए’ श्रेणीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, र दीपेन्द्रसिंह ऐरी रहेका छन्। श्रेणी ‘बी’ मा रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, आरिफ शेख, करण केसी, ललित भण्डारी,अनिलकुमार शाह र शक्ति गौचन रहेका छन् । श्रेणी ‘सी’ मा सुशन भारी, किशोर महतो, सुवास खकुरेल, सागर पुन, दिलीपनाथ, सुनील धमला र विनोद भण्डारी रहेका छन्। 

प्रतिकृया दिनुहोस

 झापामा एडभान्स टेक्नोलोजिको पहिलो क्यान्सर हस्पिटल निर्माणको अन्तिम चरणमा

बिर्तामोड स्थित बीएन्डसी टिचिङ हस्पिटल  नेपालमै क्यान्सर सम्बन्धि एडभान्स टेक्नोलोजिको पहिलो क्यान्सर हस्पिटल हुने भएको छ। वुधवार हस्पिटलमा

गुगल विजनेस ग्रुपले ‘जीबीजीबीज फेस्ट’ आयोजना गर्दै

   गुगल विजनेस ग्रुप काठमाडौंले ‘जीबीजीबीज फेस्ट’ आयोजना गर्ने भएको छ । शनिबार आयोजना हुन लागेको उक्त मेला नेपालमै पहिलो र सबैभन्दा प्रविधि र

नेपाल आइडल सिजन २ को विजेता बने रवि ओड

   बिर्तामोड II नेपाल आइडल सिजन २ को विजेता रवि ओड बनेका छन्। शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा कैलालीका रवि ओड नेपाल आइडल सिजन २ का विजेता बनेका

↑